शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायती अदालतको आदेश

बिहीबार, ०८ वैशाख २०७९, १८ : ०२
बिहीबार, ०८ वैशाख २०७९

बेलायतको अदालतले विलिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दर्गी गर्न आदेश दिएको छ। यो फैसलापछि असान्ज अमेरिका सुपुर्दगी हुनबाट केही कदममात्रै पर छन् । बुधबार लण्डनस्थित वेस्टमिनिस्टर म्याजिस्ट्रेट्स अदालतले औपचारिक रुपमा असान्जलाई जासुसी मुद्दा खेप्न अमेरिका सुपुर्दगी गर्ने आदेश दिएको हो। अदालतले निर्णय गर्दा ठूलो संख्यामा असान्जका समर्थकहरु अदालत परिसरमा उपस्थिति थिए। 

१० वर्षअघि असान्जले विकिलिक्समा अमेरिकाका लाखौं गोप्य दस्तावेज प्रकाशित गरिदिएका थिए। सो विषयलाई लिएर अमेरिका असान्जलाई आफ्नो देश झिकाएर मुद्दा चलाउन चाहन्छ। अब असान्जलाई अमेरिका सुपुर्दगी गर्ने कि नगर्ने भन्ने महत्वपूर्ण निर्णय गर्ने अधिकार बेलायतको गृह मन्त्री प्रिती पटेलको हातमा गएको छ। 

असान्जका वकिलले प्रिती पटेलका सामु यो विषयको फैसला गरिदिन भन्दै चार हप्ताभित्र एक आवेदन पेस गर्नुपर्नेछ। उक्त आबेदन हात परेपछि पटेलले सुपुर्दगीलाई अनुमोदन गरिन् भने असान्जसँग निणर्यको न्यायिक मूल्याकंन गराउने अधिकार रहन्छ। एक जना न्यायाधीशले सार्वजनिक निकायको निर्णयको वैधानिकता मापन गर्नेछन्। 

अहिलेको अदालती निर्णयअघि असजान्जले संयुक्त अधिराज्यको सर्वोच्च अदालतमा अमेरिका सुपुर्दगी गर्ने तल्लो अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्न पाउ भन्दै मुद्दा हालेका थिए। सो मुद्दाको निर्णय गर्ने क्रममा गत महिना सर्वोच्च अदालतले असान्जले आग्रहलाई खारेज गरिदिएको थियो। 

असान्जले बुधबारको अदालती फैसला भिडियो लिंकमार्फत बेलमार्स कारागारभित्रै हेरेका थिए। सन् २०१९ मा लण्डनस्थित इक्वेडर दुतावासमा निकालिएपछि उनी बेलमार्समै बन्द छन्। स्वीडेनमा बलात्कार र यौन शोषणको मुद्दा नखेपेर भागेको आरोपमा पक्राउ पर्नुअघि सात वर्षसम्म उनी उक्त दूतावासमा लुकेका थिए। 

अमेरिकी सरकारी वकिलहरुले असान्जले अमेरिकी सेनाको गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई अति गोप्य कुटनीतिक कागजात चुहाउन सघाएको आरोप लगाएका छन्। असान्जका समर्थक र वकिलहरुले भने असान्जले म्यानिङले पठाएको दस्ताबेज प्रकाशित गरेर एक पत्रकारको भूमिका मात्र निभाएको बताउदै आएका छन्। 

असान्जलाई पनि पत्रकारकै सहर वाक स्वतन्त्रताको अधिकार हुनुपर्ने तिनको तर्क रहदै आएको छ। तिनले असान्जको मुद्दा राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाउदै आएका छन्। 
अल जजिराबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप