बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत

बिहीबार, ०८ वैशाख २०७९, २१ : २४
बिहीबार, ०८ वैशाख २०७९

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।

यी हुन् मनोनयन भएका  संयोजक
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे   – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति
केन्द्रीय सदस्य प्रदीप पौडेल – संयोजक – अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति
केन्द्रीय सदस्य मदनबहादुर अमात्य – संयोजक – शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य श्री उदय शमशेर राणा – संयोजक – विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य जीतजंग बस्नेत – संयोजक – जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
केन्द्रीय सदस्य रामहरि खतिवडा – संयोजक – निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप