शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आलोचकलाई ओलीको प्रश्न : के धरहरामा धान फल्थ्यो ?

शुक्रबार, ०९ वैशाख २०७९, १६ : ३६
शुक्रबार, ०९ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावर बनाउनु हँुदैन भन्नेहरूलाई धरहरामा धान फल्छ त ? भनेर प्रश्न गरेका छन् । शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नभएको भए आज गर्व गर्ने धरहरा देख्नै नपाउने दावी समेत गरे । 

‘काँग्रेसहरू, यो गठबन्धन त के भन्दैछ ? यस्ता भ्यु टावर बनाउनु हुँदैन रे ! अनि के त्याहाँ धान फल्छ त धान ? धरहरामा पहिला धान फल्थ्यो ?’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको प्रश्न छ । उनले धरहराका टुप्पामा लगेर पसल राख्ने भन्दै गठबन्धनको कटाक्ष गरे । 

उनले भ्यु टावर राष्ट्रका गौरव भएको भन्दै उठाउनुपर्ने समेत बताए । उनले भ्यु टावरलाई दुध दिने जर्सी गाई नसम्झन चेतावनी समेत दिए । उनले मेलम्चीको पानी यो सरकारले ल्याउन नसक्ने भन्दै चैतमा पानी ल्याउने भनेपनि सरकारले मेलम्ची काठमाडौ आउने बेलामा बाढी आउने बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप