शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरेन्द्रनगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

शुक्रबार, ०९ वैशाख २०७९, २१ : ३६
शुक्रबार, ०९ वैशाख २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्तारुढ गठबन्धनमा देखिएको समस्याले उम्मेदवार छनोटमा ढिलाई भएपछि नेपाली काँग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । 

सोही अनुसार शुक्रबार वीरेन्द्रनगर नगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरिएको हो । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रकै केही नेताहरुले आपत्ति जनाएपछि क्षेत्रीय कार्य समितिले रायसहित थप चार जनाको नाम थपिएको छ । जसमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप