शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा चट्याङ लागेर एकजना युवकको मृत्यु

शनिबार, १० वैशाख २०७९, १० : ३०
शनिबार, १० वैशाख २०७९

रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।

नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको इन्स्पेक्टर धमलाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप