बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर : व्यञ्जनकारद्वारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

आइतबार, ११ वैशाख २०७९, १२ : २७
आइतबार, ११ वैशाख २०७९

ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् ।

८१ वर्षका व्यञ्जनकार  विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका  छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । व्यञ्जनकार भन्छन्, ‘मैले सुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’ उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप