एमालेले रुपन्देहीमा टुंग्यायो उम्मेदवार, कहाँ को ?
नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले रुपन्देहीका सबै स्थानीय तहका उम्मेदारहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार देवदह नगरपालिकाको प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको प्रमुख मोहन चापागाईँ र उपप्रमुख जागेश्वरीदेवी चौधरी चयन भएका छन् । यसैगरी सैनामैनामा चित्रबहादुर कार्की र उपप्रमुखमा विना राना उम्मेदवार बनेका छन्। सिद्धार्थ नगरमा प्रमुखमा रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार बनेका छन्।
यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव प्रमुख र कल्पना हरिजन उपप्रमुखको उम्मेदवार बनेका छन्। ओमसतीया गाउँपलिकामा अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद रहेका छन् भने रोहिणी गाउँपालिकाको अध्यक्षमा सनोजकुमार यादव र उपाध्यक्षमा वसन्ती पाण्डे, मायादेवी गाउँपालिकामा लाला लोध र उपाध्यक्षमा सन्नु चाई छानिएका छन् । यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा कमलेस यादव र उपाध्यक्षमा बिन्द्रावती गौडले टिकट पाएका छन् ।
सम्मरीमाई गाउँपालिका अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध तथा कोटहीमाई गाउँपालिका अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा माया साहनी उम्मेदवार बनेका छन् ।
यसैगरी, गैडहवा गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल, कञ्चन गाउँपालिका अध्यक्षमा दिनानाथ आचार्य उपाध्यक्षमा ओमकला राहडीलाई उम्मेदवार बनाइएको छ। यता, शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरीलाई अध्यक्ष उम्मेदवार र शान्तादेवी ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।
यसैगरी सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङले उम्मेदवारी दिने भएका छन्। यसअघि एमालेको सचिवालय बैठकले हिजो बुटवल उपमहानगरको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालको नाम टुंगो लगाएको थियो।
सैनामैना नगरपालिको मेयर र उपमेयर दुबैलाई दोहोर्याएको छ भने तिलोत्तमा र देवदह नगरपालिका उपमेयरमा दुवै दोहोर्याएको छ । मेयर भने दुबै नयाँ ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?