शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्कटल्याण्डमा नेपाली नर्सहरूको संस्था गठन

सोमबार, १२ वैशाख २०७९, १६ : ४१
सोमबार, १२ वैशाख २०७९

नेपलिज नर्सिङ एशोसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एसोसिएसन स्कटल्याण्डको गठन गरेको छ। सामाजिक अभियन्ता एवम् लामो समयदेखि नर्सिङ पेसामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिको  उपाध्यक्षमा निशा विष्ट , सचिवमा देवी कँडेल चयन भएका छन् । संस्थाको यस्तै सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सहकोषाध्यक्षमा सुष्मा अर्याल तथा डण्डी एरिया कोओर्डिनेटरमा चन्द्ररेखा अधिकारी रहेका छन् । 

एशोसिएशनको मुख्य सल्लाहकार एवं स्टुडेन्ट कोओर्डिनेटरमा डा.राधा अधिकारी रहेका छन् । यसैगरी क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शर्मिला कार्की सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहेका छन् । एसोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरूले स्कटल्याण्डमा नेपाली नर्सहरूको संगठनको आवश्यकता र नेपाली नर्सहरूबीच सद्भाव र सहयोगको लागि समिति गठन गरिएको बताएका थिए । उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पारेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप