जीतपुर सिमरा उपमहानगर प्रमुखमा ठुला दलसहित १२ जनाको उम्मेदवारी

जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धनसहित ठुला–साना दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् । सोमबार राति करिव ९ बजेसम्मको तथ्याङ्क अनुसार उपमहानगर प्रमुखमा १२, उपप्रमुखमा १२ सहित १८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टिकामणि न्यौपानेले जनाए ।
उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली काँग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, नेकपा एमालेको तर्फबाट प्रमुखमा सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दिएका छन् । चौधरी जीतपुर सिमरा उपमहानगरकी निवर्तमान उपप्रमुख हुन् भने अधिकारी २०७४ को निर्वाचनमा उपमहानगरको वडा नं २ का वडा सदस्यमा पराजित उम्मेदवार हुन् ।
गठबन्धन र एमालेबाहेक लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) बाट संजय साह, जनता समाजवादी पार्टी (जसपा) बाट सोहन शर्मा लगायतले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी पनि परेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार तोकिएको थियो । दुई दिन उम्मेदवारी दर्ताको समय तोकिए पनि सोमबार दिउँसो ४ बजेपछि उम्मेदवारहरू उम्मेदवारी दर्ताका लागि आउने क्रम एक्कासी बढेको थियो । निर्धारित समयभित्र निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न आएका उम्मेदवारको चाप बढी भएका कारण राति अबेरसम्म दर्ताको काम चल्ने निर्वाचन अधिकृत न्यौपानेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?