बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

मङ्गलबार, १३ वैशाख २०७९, १२ : २२
मङ्गलबार, १३ वैशाख २०७९

 राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रहने जनाइएको छ ।

सो कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य र राजेन्द्र चित्रकार, वर्तमान अध्यक्ष प्रदीपराज वन्तले सम्बोधन गरेका थिए । उनीहरुले फोटो पत्रकारले भोग्दै आएका समस्याका बारेमा उजागर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप