शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ नियन्त्रणसम्बन्धी नीति र विधेयकलाई थप समीक्षा गरी कार्यान्वयन गरिने

बुधबार, १४ वैशाख २०७९, १४ : ४८
बुधबार, १४ वैशाख २०७९

नेपालमा मादक पदार्थ बजारमा सहज रूपमा उपलब्ध हुने भएकाले मादक पदार्थको सेवन प्रमुख समस्या बनेको छ ।  सरकारले बहुक्षेत्रीय कार्ययोजना २०१४–२०२० को समयमा नै मस्यौदाको रूपमा मादक पदार्थ नियन्त्रण नीति र विधेयकको विकास गरे पनि कार्यान्वयनमा आएको छैन । यसलाई प्राथमिकताको दिँदै थप समीक्षा, अनुमोदन र कार्यान्वयन गर्ने बहुक्षेत्रीय कार्ययोजनामा उल्लेख गरिएको छ ।

मादक पदार्थको करमा सुधार अर्थात् वृद्धि खुद्रा मादक पदार्थको भौतिक उपलब्धतामा प्रतिबन्ध र मादक पदार्थको विज्ञापन, प्रवर्द्धनमा रोक लगाएर प्रभावकारी बनाउन सकिने नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मा उल्लेख छ । यस्तै, नेपालमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने कार्यलाई नियन्त्रण गर्ने पहलमा सफल भइसकेकाले यसलाई निरन्तरता दिइने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप