बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुसले अफगानिस्तानको सरकारलाई पूर्ण मान्यता दिन सक्छ तर ...

बिहीबार, १५ वैशाख २०७९, ११ : १४
बिहीबार, १५ वैशाख २०७९

रुसले मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्विकार गरिसकेको छ । र अब रुसी विदेशमन्त्री लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेश सरकार स्थापना गरेर रुसले उसलाई पूर्ण कूटनीतिक मान्यता दिनेतर्फ कदम बढाउने बताएका छन् ।

रुसका विदेशमन्त्रीले भनेका छन्,  ‘हालको सरकारमा इस्लामिक इमिरेट्का सबै सदस्य छन् र हालको कार्यवाहक सरकार आफ्नो मन्त्रीमण्डललाई कसरी समावेशी बनाउँछ र कस्तो नीति अपनाउँछ, मस्कोको अर्को कदम यसबाटै निर्धारित हुनेछ ।’

उनले थपे, ‘हामी अफगानिस्तानमा नयाँ अधिकारीलाई पूर्ण कूटनीतिक मान्यता दिने दिशामा काम गर्न चाहन्छौँ र सरकार बन्नु अघि उनीहरुले जे बचन दिएका थिए, उनीहरुले त्यो पनि पूरा गर्नेछन् भन्ने कुरामा आशा राख्छौँ । उनीहरुले हरेक स्तरका नागरिकलाई सरकारको हिस्सा बनाउनेछन् भन्ने कुरामा पनि म आशावादी छु ।’

रुसका विदेशमन्त्रीले दिएको जानकारी अनुसार रुस कूटनीतिक माध्यमले लगातार इस्लामिक इमिरेट्ससँगको सम्पर्कमा छ ।

लावरोफले जोड दिँदै भने, ‘हामी हाम्रो दूतावासको माध्यमले तालिबानको नियमित सम्पर्कमा छौँ ।’

यसैबीच, देशका थुप्रै राजनीतिज्ञले अफगानिस्तानमा समावेशी सरकार गठन नै त्यहाँका जनताको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको विश्वास गर्छन् ।

अफगानिस्तानको राष्ट्रिय ऐक्यबद्धता आन्दोलनका इशाक गिलानीका अनुसार जबसम्म अफगानिस्तानमा समावेशी सरकारको स्थापना हुँदैन कुनै पनि देशले यसलाई न त अहिले न भविष्यमा मान्यता दिन तयार हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप