शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, १५ वैशाख २०७९, १६ : ५५
बिहीबार, १५ वैशाख २०७९

सुनसरीको हरीनगरा गाउँपालिका(४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार  बिहान ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालक स्थानीय ४९ वर्षीय प्रदिप साह घाइते भएका थिए ।

घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक विराटनगर-१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप