मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड खल अभिनेता सलीम गौसको निधन

शुक्रबार, १६ वैशाख २०७९, १६ : ४०
शुक्रबार, १६ वैशाख २०७९

बलिउड फिल्मका चर्चित खल अभिनेता सलीम गौसको निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

७० वर्षिय सलीमलाई बुधबार राती मुटुमा पिडा भएको  बताए लगत्तै कोकिलाबे धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएका थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको परिवारसँग नजिक अभिनेता शारिब हाशमीले उनी प्रति शोक व्यक्त गर्दै निधनको समाचार बाहिर ल्याएका हुन् ।

सलीमले १९७८ मा फिलम ‘स्वर्ग नरक’ बाट अभिनय सुरु गरेका थिए । त्यसपछि उनी ‘मन्थन’, ‘कलयुग’, ‘चक्र’, ‘सारांश’, मोहन जोशी हाजिर हो’, ‘त्रिकाल’, ‘अघाट’, ‘सरदार बेगम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
१९८० दशकको मध्यमा सलीमले तमिल, तेलगु र मलयालम फिल्ममा पनि कदम राखेका थिए । उनले अहिलेसम्म हिन्दी, तमिल, तेलुगु, मलयालम र अंग्रेजी फिल्ममा अभिनय गरेका छन् । फिल्मको अलवा कयौ टेलिभिजन शोमा समेत काम गरेका सलीम थिएटर अभिनय तथा निर्देशनमा पनि प्रसिद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप