स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति एमालेमा प्रवेश

कास्कीको मादी गाउँपालिकामा विभिन्न दलका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेदवारी दिएका बुद्धिप्रसाद लामिछानेसहित विभिन्न दलका कार्यकर्ताहरु शुक्रबार एमाले प्रवेश गरेका हुन् ।
लामिछानेले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेदवार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि पन्त, सुजन लामिछाने, धम्मे विक र गोविन्द लामिछाने एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङ, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)लगायतले पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा