बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुनाटपरीको स्वादिष्ट परिकार : ‘किङ्ग्स चिकेन’

शनिबार, १७ वैशाख २०७९, १३ : ५७
शनिबार, १७ वैशाख २०७९

रातोपाटीको खानाबार सेग्मेन्टमा आज हाम्रो टीम पुगेको छ, काठमाडौँको अनामनगर स्थित रहेको दुना टपरी रेस्टुरेन्ट । नेपाली ग्रामीण कल्चर दुना र टपरीमा खाना सर्व गरेर पाहुनाको मन जित्दै अघि बढिरहेको रेस्टुरेन्ट हो, दुना टपरी । 

नेपालमै उत्पादन भएको दुना टपरीमा नेपाली तथा विदेशी खानाको स्वाद पस्कने रेष्टुरेन्टले विशेष गरेर किङ्ग्स चिकेन, मटन तास, मोमो कम्बो, मिल कम्बोलगातका परिकार पस्कने गर्दछ । आज हामी तपाईंका लागि दुनाटपरीले पस्कँदै आएको विशेष परिकार किङ्ग्स चिकेन पस्कँदै छौँ। चिकेनका अनेकन परिकार मध्येको एउटा स्वादिष्ट परिकार हो किङ्ग्स चिकेन । खानाका पारखीहरूका लागि त यो झनै नै डिमान्डे आइटम पनि हो । किङ्ग्स चिकेन हामीले रेष्टुुरेन्टमा मात्र नभएर घरमै पनि बनाएर खान सक्छौँ । किङ्ग्स चिकेन तयार गर्न के–के आवश्यक पर्छ त !

किङ्ग्स चिकेन रेसिपी (आवश्यक मात्रामा)

बोनलेस चिकेन
नुन
तेल
मरिचको धुलो
टेस्टिङ पाउडर
मैदा
मकैको पिठो
स–सानो काटेको लसुन
स–सानो काटेको हरियो खुर्सानी
केचप
रेड चिल्ली सस

अब, कसरी बनाउने त किङ्ग्स चिकेन ! दुनाटपरीका सेफ युवराज श्रेष्ठको किङ्ग्स चिकेनको पाककलासहितको भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप