बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यामाहा नेपालले डेलिभर गर्‍यो पाँच सय एम्टी बीएस मोटरसाइकल

शनिबार, १७ वैशाख २०७९, १४ : ५८
शनिबार, १७ वैशाख २०७९

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमए डब्लू इन्टरप्राइजेजले दोस्रो पटक यामाहाको पाँच सय एम्टी बीएस ०६ मोटरसाइकल डेलिभर गरेको छ । 

भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको ‘महा एक्सचेञ्ज मेला’को अवसरमा मोटरसाइकल वितरण गरिएको हो । गत वर्ष सोही मेलामा एम्टी बीएस ०६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिनमा नै दुई सयभन्दा बढी मोटरसाइकल डेलिभर गरेको कम्पनीले जनाएको छ । 

यस मोटरसाइकलको पूर्व सफलता र नेपाली बजारमा बाइक प्रेमीहरूको माग मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरी पनि अग्रिम बुकिङ खुलाएको थियो । प्रि–रिजर्भेसनमा मोटरसाइकलको माग अझै बढेपछि विश्व व्यापीबजारको समस्याले गर्दा यसको उत्पादनमा गम्भीर समस्याको सामना गर्नुपरेको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप