‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश
आइतबार, १८ वैशाख २०७९, १२ : २७

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’
फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ । ‘धड्कन’ सुपरहिट फिल्म हो । रेखा थापा, अरुणिमा लम्साल, रमित ढुंगाना, निखिल उप्रेतीको मुख्य भूमिका रहेको फिल्मका गीत संगीत समेत हिट छन् ।
‘हिरो, ‘धड्कन’, ‘दीपशिखा’, ‘अभिमन्यू’ लगायतका फिल्म निर्देशन गरेका नरेशले ‘धड्कन २’ मा अहिले चलेका कलाकार रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात