शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहिले र कसका लागि खतरनाक हुनसक्छ मह ? बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

आइतबार, १८ वैशाख २०७९, १६ : १०
आइतबार, १८ वैशाख २०७९

महको स्वाद मात्रै मिठो होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । महको सेवनले शरीरलाई विभिन्न खालका फाइदा दिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, बी, सी, आयरन, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियम, सोडियम आदि पोषक तत्व पाइन्छन् । मह स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै केही मानिसका लागि यो हानिकारक पनि हुनसक्छ । मह कस्ता व्यक्तिका लागि खतरनाक हुनसक्छ आउनुहोस् यसबारे जानकारी लिऔँ ।

दाँतलाई हानीः

स्वास्थ्य विज्ञका अनुसार तपाईंले दिनभरी महको कति मात्रा सेवन गर्नुहुन्छ भन्ने कुराको ध्यान दिन आवश्यक छ । महको अत्यधिक सेवनले दाँतमा किरा लाग्ने र गिजामा समस्या निम्त्याउँछ ।

यी मानिसहरु सावधान रहनुहोस्ः

फ्रुक्टोज महमा पाइने सुगरको मुख्य स्रोत हो । यसलाई ध्यानमा राख्दै फ्याटी लिभरको रोगद्वारा पीडित मानिसका लागि यो खतरनाक हुनसक्छ । ऊर्जाका अन्य स्रोतको तुलनामा फ्रुक्टोजको मेटाबोलाइजेशन भिन्न तरिकाले हुन्छ । फ्रुक्टोजलाई कलेजोले मेटाबोलाइज गर्छ जसले फ्याटी लिभर भएकाहरुका लागि निकै समस्या पैदा गर्नसक्छ । त्यसैले फ्याटी लिभर भएकाहरुले रक्सीको सेवन नगर्न र सिमित मात्रामा फ्रुक्टोजको सेवन गर्न सल्लाह दिइन्छ ।

एलर्जीको लक्षणलाई महले कम गर्दैनः

एलर्जीको समस्यालाई निको पार्नका लागि महले कुनै मद्दत नगर्ने कुरा तपाईंले बुझ्नुपर्छ । जसलाई परागको कणसँग एलर्जी छ उनीहरुले मह सेवन गर्नुहुँदैन । यसले एलर्जी थप बढ्ने खतरा हुन्छ ।

मधुमेहका बिरामीका लागिः

महमा फ्रुक्टोजको मात्रा पाइन्छ जुन सुगरको मुख्य स्रोत हो । यस्तोमा यसको अत्यधिक सेवन गर्दा मधुमेहका बिरामीको ब्लड सुगरको स्तर बढ्न सक्छ ।

मह खाँदा यी सावधानी अपनाउनुहोस्ः

मधुमेहः

महमा चिनी हुन्छ र यसको कम मात्रामा प्रयोग गर्नुपर्छ । अत्यधिक मात्रामा महको उपयोग गर्दा टाइप–टु मधुमेहका रोगीमा ब्लड सुगरको स्तर बढ्न सक्छ ।

बच्चाः

१२ महिनाभन्दा कम उमेरका शिशुले मह खानु हुँदैन । यसले शिशुमा क्लोस्ट्रिडियम संक्रमणको खतरा निम्त्याउँछ । यो ठूला बच्चाहरुका लागि भने सुरक्षित मानिन्छ ।

पोलन एलर्जीः

पोलन एलर्जीलाई हे फिभर पनि भनिन्छ । मह परागले बन्छ र यसले एलर्जी हुनसक्छ । यदि तपाईंलाई फूलको पारगसँग एलर्जी छ भने महको सेवन नगर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप