बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमुक्त बर्दिबास मेरो पहिलो प्राथमिकता : नगरप्रमुख खड्का

आइतबार, १८ वैशाख २०७९, १७ : ३२
आइतबार, १८ वैशाख २०७९

बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजु खड्काले भ्रष्टाचारमुक्त बर्दिबास पहिलो प्राथमिकता भएको बताएका छन् । आइतबार वडा नम्बर ५ मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त बर्दिबास निर्माणका लागि आफूले जित्नुपर्ने बताए ।

उनले अघिल्लो सरकारले गरेका सकारात्मक, नकारात्मक कामको समीक्षा गर्दै सबै सुविधासम्पन्न बर्दिबास बनाउन स्थानीय सरकारमा आफू आउनुपर्ने जिकिर गरे । भूमिहीन, अव्यवस्थित र सुकुम्बासीको समस्या सावधानको लागि लालपुर्जा वितरण अन्तिम प्रक्रिया मात्र बाँकी रहेको उनले बताए । उनले भने,‘अहिले आचारसंहिताका कारण वितरण गर्न सकिएन यो संघ र प्रदेशको निर्वाचन अगाडि नै वितरण गर्छौ ।’

स्थानीय स्रोत साधनको दोहन गरी विकासको नारा लगाउने केही व्यक्तिले उम्मेदवार बनेर भ्रम छरिरहेको बताउँदै मेयरका प्रत्यासी खड्काले उनीहरूले दिने सहानुभूति र भ्रमबट मुक्त बन्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप