
उदयपुरमा एमाले र माओवादीका उम्मेदवार निर्विरोध

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिए ।
त्यसैगरी रौतामाई गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१) अन्तरगत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिए । उदयपुरमा ३ सय ९१ पद मध्ये दुई पद निर्विरोध भएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ