
सदाका लागि बन्द भयो वेबसाइट र्याङ्किङ सिस्टम ‘एलेक्सा’

अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ । मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो । नेपालमा समेत वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित रहँदै आएको थियो ।
एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन समेत व्यक्त थियो । सोमबारदेखि भने एलेक्साले सेवा बन्द भएको सूचना राख्दै करिब २५ वर्ष पुरानो कम्पनीलाई निरन्तरता नदिने बताएको हो । ‘दुई दशकभन्दा लामो समय सेवा पछि हामीले एलेक्सा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ’, कम्पनीले भनेको छ ।
सन् १९९६ मा स्थापना भएको एलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो । नेपालमा कतिपय व्यापारित क्षेत्रले समेत एलेक्साको आधारमा आफ्नो विज्ञापन योजना बनाउँदै आएका थिए । एलेक्साको आधारमा व्यापार तान्ने भएपछि सञ्चारमाध्यमले एलेक्सामा र्यांक माथि देखाउँदो डलरको खर्च गरेर फर्जी र्यांक समेत देखाउने गरेका थिए ।
एलेक्सामा अब्बल देखाउन भएको प्रतिस्पर्धाका कारण कतिपयले आलोचना समेत गर्ने गरेका थिए । कम्पनीले भने सेवा बन्द गरेको जानकारी दिएपनि के कारणले अप्रिय निर्णय लिनुपर्यो भन्नेबारे स्पष्ट पारेको छैन ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ