आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै २ एआईजी बिदामा
सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् ।
आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।
अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार वरीयताको एक नम्बरमा रहेका एआईजी पोखरेलले १ महिना लामो बिदा लिएका छन् । सहकुल थापाले १० दिनको घरबिदा लिएका छन् ।
आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।
२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुल बहादुर थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना सिनियर छन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले १ महिनाअघि एआईजीमा बढुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान