शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टिमेट हुनुअघि आफूलाई र पार्टनरलाई सोध्नुहोस् यी ६ प्रश्न, पछुतो हुनेछैन

सोमबार, १९ वैशाख २०७९, १३ : ३०
सोमबार, १९ वैशाख २०७९

फिल्मलगायतमा इन्टिमेसीलाई जसरी देखाएपनि साधारण जीवनमा कसैसँग इन्टिमेट हुनुको अर्थ कसैसँग शारीरिक रुपमा मात्रै नभई यतिबेला व्यक्ति मानसिक र भावनात्मक रुपमा पनि ती व्यक्तिसँग जोडिनु हो । इन्टिमेट हुनु कुनै पनि व्यक्तिका लागि निकै ठूलो कदम हो । यस्तोमा तपाईं कोसँग इन्टिमेट हुँदै हुनुहुन्छ, केही प्रश्न आफैंसँग र पार्टनरलाई सोध्नुहोस् । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

आफूलाई सोध्नुहोस् यी प्रश्न

के यो सही समय हो ?

जब तपाईं कोहीसँग इन्टिमेट हुनुहुन्ट भने तपाईं भावनात्मक रुपमा पनि ती व्यक्तिको नजिक हुन थाल्नुहुन्छ । यदि तपाईं कसैलाई नजिक हुन चाहनुहुन्नँ भने इन्टिमेट हुनबाट पनि जोगिनुहोस् । कसैसँग इन्टिमेट हुनुअघि आफू अगाडिका व्यक्तिलाई बुझ्न निकै आवश्यक छ । धेरैपटक मानिसहरु अगाडिका व्यक्तिलाई राम्रोसँग नचिनिकनै इन्टिमेट हुने गर्छन् जसका कारण पछि गएर ठूलो समस्या निम्तिन सक्छ । थुप्रै पटक यौन सम्बन्ध बनाएपछि आफू अगाडिका व्यक्ति असाध्यै नजिक हुँदा पनि तपाईंलाई समस्या हुनसक्छ ।

के यी व्यक्ति मेरो रुचीका व्यक्ति हुन् ?

कसैसँग इन्टिमेट हुनु अघि ती व्यक्ति तपाईंका लागि सही छन् त भनेर आफैंलाई प्रश्न सोध्नुहोस् । कतिपटक महिला पुरुषको आवरण हेरेर नै इन्टिमेट हुने निर्णय गर्छन् तर हेर्दा निकै आकर्षक देखिने पुरुषका त्यस्ता बानी पनि हुनसक्लान् जसले तपाईंलाई भविष्यमा ठूलो समस्या खडा गरिदिन सक्छन् । ती व्यक्तिले भोलि गएर तपाईंमाथि दुर्व्यवहार गर्न सक्लान् वा अरु प्रति असंवेदनशील हुन सक्लान्, असाध्यै रिसाहा हुनसक्लान् वा जँड्याहा पनि हुन सक्लान् ।

इन्टिमेट हुँदा केही समयका लागि तपाईंले राम्रो महसुस गर्न सक्नुहोला तर यस्ता व्यक्तिसँग इन्टिमेट हुनु भनेको फुर्सदमा पछुताउनु जस्तै हो । त्यसैले भोलि गएर पछुताउन चाहनुहुन्नँ भने यी व्यक्ति मेरा लागि सही छन् त भनेर आफैंसँग प्रश्न सोध्न नबिर्सिनुहोस् ।

कसैसँग इन्टिमेट हुनुअघि, यस्तो गर्नु  तपाईंको नैतिकता र भ्यालुको अनुकूल छ कि छैन भनेर पनि आफूलाई प्रश्न गर्नुपर्छ । यसका साथै, तपाईंको पार्टनर अरु कोहीसँग त सम्बन्धमा छैनन् भन्ने पनि बुझ्नुपर्छ । यदि यस्तो केही छ वा तपाईंलाई शंका लाग्छ भने उनीसँग इन्टिमेट हुनबाट जोगिनुहोस् । कसैसँग इन्टिमेट हुनुका अर्थ यो होइन कि तपाईं आफ्नो भ्यालुलाई नजरअन्दाज गर्नुहोस् । तपाईंले आफ्नो भ्यालुसँग सम्झौता गर्नुपर्छ भनने पनि छैन ।

पार्टनरलाई सोध्नुहोस् यस्ता प्रश्नः

हामी एक–अर्काका लागि हौँ ?

कसैसँग इन्टिमेट हुनु अघि के तपाईंहरुको सोच एकै खालको छ ? भन्ने जानकारी लिनुपर्छ । यसका लागि तपाईं आफ्नो पार्टनरलाई सिधै सोध्न सक्नुहुन्छ । इन्टिमेट हुनु अघि पार्टनरको अरु कसैसँग सम्बन्ध छ छैन भनेर पनि सोध्नुपर्छ ।

गर्भनिरोधकका लागि हामी के प्रयोग गर्नेछौँ ?

इन्टिमेट हुँदा अनिच्छुक गर्भ वा कुनै रोगको खतरा नहोस् भन्ने कुरामा तपाईंले ध्यान दिनुपर्छ । यसका लागि तपाईंहरुले सुरक्षाका लागि के प्रयोग गर्ने भन्नेबारे स्पष्ट गर्नुपर्छ । धेरैजसो पुरुषलाई इन्टिमेट हुँदा प्रोटेक्सन प्रयोग गर्न मनपर्दैन । यस्तोमा तपाईंहरुले इन्टिमेट हुनु अघि नै यस्ता कुरा छलफल गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप