बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सोमबार, १९ वैशाख २०७९, १९ : २९
सोमबार, १९ वैशाख २०७९

मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ । निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार फास्ट ट्रयाकमा काम गरिरहेको लोडर अचानक सिमात खोलमा खस्दा दुर्घटना भएको हो । लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा ६ जना नै खोलामा खसेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । घाइते मध्ये चिकित्सकले २ जनालाई मृत घोषणा गरिसकेको उनले बताए । 

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए । उनका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप