बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना मृत अवस्थामा फेला

मङ्गलबार, २० वैशाख २०७९, १६ : ४८
मङ्गलबार, २० वैशाख २०७९

इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप