आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन
मङ्गलबार, २० वैशाख २०७९, २२ : ४४
आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।
यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहादुर छन्त्याल र लाल तामाङ चयन भएका छन् । पाँच जनालाई कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै