शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिभर फल्सले २७ लाख ३० हजार कित्ता आईपीओ सार्वजनिक गर्दै

बुधबार, २१ वैशाख २०७९, १४ : ४०
बुधबार, २१ वैशाख २०७९

रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि  २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने जेठ ४ गतेसम्म दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

रिभर फल्स पावरले सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना आगामी असार मसान्त भित्र सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप