शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा प्रविधि भित्र्याउने ‘वेद’लाई राष्ट्रिय आईसीटी पुरस्कार

बुधबार, २१ वैशाख २०७९, १५ : १२
बुधबार, २१ वैशाख २०७९

शिक्षा क्षेत्रमा प्रविधि मिसाउने इन्ग्रेल्सको वेद राष्ट्रिय आईसीटी पुरस्कारबाट सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा देशको शिक्षा क्षेत्रमा प्रविधिको विकासमा वृद्धि गरेको भन्दै मन्त्रालयले इन्ग्रेल्स वेदलाई यो अवार्ड प्रदान गरेको बताइएको छ । वेद २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ ।

देशभरका ८०० भन्दा बढी विद्यालयमा प्रयोग भैरहेको यो सफ्टवेयरले विद्यालयहरूलाई उनीहरूको सम्पूर्ण कार्यप्रवाह डिजिटल गर्नका लागि आवश्यक प्रविधि, तालिम र उपकरणहरु उपलब्ध गराउँछ । यसले दोहरिरहने कामको बोझ घटाएर शिक्षकहरूलाई सहज बनाउने कम्पनीको दाबी छ ।

स्वचालन प्रक्रिया व्यवस्थापन, डाटा व्यवस्थापन, अनलाइन शिक्षा, विद्यालयको नतिजा प्रकाशन, सञ्चार, अकाउन्ट आदि वेदमा उपलब्ध सुविधाहरु मध्ये सबैभन्दा धेरै खोजिएका सुविधाहरु हुन् । र देशभरका शैक्षिक संस्थाहरूद्वारा व्यापक रूपमा प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

वेदले कोरोनाभाइरस महामारीको समयमा ७ लाख भन्दा बढी विद्यार्थी र ४० हजार भन्दा बढी शिक्षकहरूलाई निरन्तरता दिन मद्दत गर्दै आएको छ । वेदले काठमाडौं उपत्यका बाहिर आफ्नो शाखा भौतिक रूपमा विस्तार गरेसँगै यी संख्याहरू बढ्दै गएका छन् । हाल नेपालका ४० जिल्लाका विद्यालयहरुमा वेदको प्रयोग भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप