शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु

बुधबार, २१ वैशाख २०७९, १९ : १७
बुधबार, २१ वैशाख २०७९

जुम्लामा सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीला गाउँपालिका –२ को डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खसेको थियो ।

पहिलोमा परी वर्ष ३ का शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार रण बहादुर बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएकी छन् । घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने मृतकको पोस्टमार्टमका लागि प्रतिष्ठान मै लगिएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप