शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि सुरु गर्यो नयाँ पाठ्यक्रम

बुधबार, २१ वैशाख २०७९, २२ : ४४
बुधबार, २१ वैशाख २०७९

यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको  सुरुवात गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि यूरो किड्सले EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। 
यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिइन्।

उनले भनिन्, ‘यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइमार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ।’

यस पाठ्यक्रम तीन खण्डमा विभाजित भएको छ, जसमा दिमाग, शरीर र आत्मा समावेश छन्।   दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा युरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो। अहिले संघीय राजधानी काठमाडौं लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप