शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कण्डम बेचिरहेकी’ नुसरत भारुचामाथि ट्रोलर्सको प्रहार, भन्न थाले डी ग्रेड नायिका

बिहीबार, २२ वैशाख २०७९, १४ : ४५
बिहीबार, २२ वैशाख २०७९

बलिउड नायिका नुसरत भारुचा आफ्नो आउँदो फिल्मका लागि ट्रोल भइरहेकी छिन् । फिल्मको नाम हो जनहितमा जारी । यो फिल्मले कण्डमप्रति मानिसलाई जागरुक बनाउँछ, फिल्ममा नुसरत भारुचा सेल्सगर्ल बनेकी छिन् । जसले कण्डम बेच्छिन् र मानिसहरुलाई यसबारे जागरुक बनाउने काम गर्छिन् ।

भइन् ट्रोल :

फिल्म जून १० मा रिलिज हुँदैछ । यसको ट्रेलर छिट्टै नै रिलिज हुने बताइएको छ, यसअघि फिल्मको पोस्टर र टिजर रिलिज भएका छन् । जबदेखि पोस्टर–टिजर रिलिज भएका छन् ट्रोल्स एक्टिभ भएका छन् । कण्डमलाई प्रोमोट गरेको भन्दै नुसरतलाई नराम्रोसँग ट्रोल गरिएको छ । उनलाई स्लम सेट गरिएको छ । नुसरतले आफूमाथि खराब कमेन्ट गर्नेहरुलाई जवाफ पनि दिएकी छिन् । सबै खराब र भद्दा कमेन्टको स्क्रिनसटलाई जनहितमा जारी गरेकी छिन् ।

कण्डमको प्रचार गर्दा बताइयो डी ग्रेड फिल्मः

यी स्क्रिनसट सेयर गर्दै नुसरतले भनिन्, ‘यही सोच त परिवर्तन गर्नुपर्छ । यही त म गरिरहेकी छु । केही छैन तपाईं औँला उठाउनुहोस् म आवाज उठाउँछु । ’ नुसरतले फिल्मको जुन पोस्टर सेयर गरेकी छिन् त्यसमा मानिसहरुले अश्लील कमेन्ट गरिरहेका छन् । कतिले फिल्मलाई डी ग्रेड फिल्म बताइरहेका छन् । कतिले भने बलिउड मेडिकल स्टोर बनेको छ । प्रयोगकर्ताले फिल्मको कहानी वास्तविक नभएको भन्दै बजारमा कोही पनि महिलाले कण्डम नबेच्ने बताएका छन् ।

यद्यपि, कतिले फिल्मको तारिफसमेत गरिरहेका छन् । फिल्मको बोल्ड विषयवस्तु र मेसेज देखेर यो फिल्म हिट हुने धेरैले अनुमान गरेका छन् । फिल्म जनहितमा जारीको पोस्टरमा रमाइला ट्यागलाइन लेखिएका छन् । जस्तै, महिलाको अनादरसँग लजाउ, कण्डमको कुरासँग होइन । ड्रग्स किन्न लजाउ, कण्डम किन्न होइन । तपाईंहरु औँला उठाउनुहोस्, म आवाज उठाउँछु । स्टकिङ गर्न लजाउ, कण्डम प्रयोग गर्न होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप