बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक ओखर खाँदा पुरुषका थुप्रै समस्या हट्ने, खाने सही तरिका के त ?

बिहीबार, २२ वैशाख २०७९, १५ : २३
बिहीबार, २२ वैशाख २०७९

ओखर एक प्रकारको ड्राइ फ्रुट हो जसमा ओमेगा थ्री हुन्छ । धेरैजसो मानिस यसको सेवन स्न्याक्सको रुपमा गर्छन् । ओखरमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या कम गर्न ओखर निकै सहयोगी हुन्छ । ओखरलाई तपाईं विभिन्न तरिकाले आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यद्यपि, विशेषज्ञका अनुसार ओखरको एउटा निश्चित मात्रा मात्रै सेवन गर्नुपर्छ नभए पेटमा समस्या हुनसक्छ । यो लेखमा पुरुषका लागि ओखर खानुका फाइदा र यो खाने सही तरिकाबारे कुरा गर्नेछौँ ।

ओखरमा कुन पोषक तत्व पाइन्छन् ?

ओखरमा पाइने पोषक तत्वको कुरा गर्ने हो भने यसमा प्रोटिन, कार्ब्स, फाइबर, फ्याट, फोलिक एसिड पाइन्छन् । ओखरमा फस्फोरस पनि निकै राम्रो मात्रामा पाइन्छन् । ओखरमा बीसिक्स भिटामिन पाइन्छन्, यसले प्रतिरोधी क्षमता बढ्छ र तपाईं रक्तअल्पत्ताबाट बच्न सक्नुहुन्छ । ओखरमा म्याग्नेसियम पनि पाइन्छ र यसबाहेक भिटामिन ई पनि निकै राम्रो मात्रामा हुन्छ । यसले पुरुषमा तालुपनको लक्षणबाट जोगाउन सक्छ ।

पुरुषका लागि ओखरका फाइदाः

१. ओखरको सेवन गर्दा पुरुषमा शारीरिक कमजोरी टाढा रहन्छ ।

२. तालुपनाको उपचारको रुपमा ओखरको सेवन गर्न सकिन्छ । यसको सेवनले कपाल पनि राम्रोसँग बढ्ने गर्छ ।

३. पुरुषमा शुक्रकिटको क्वालिटी राम्रो गर्नका लागि पनि ओखरको सेवन फाइदाजनक हुन्छ ।

४. ओखरको सेवन गर्दा शुक्रकिटको संख्या बढ्छ । जुन पुरुषलाई बेबी प्लानिङमा समस्या भइरहेको छ, उनीहरुले ओखर खानुपर्छ ।

५. ओखर खाँदा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । यसले कोलोरेक्टल क्यान्सरको खतरा कम हुन्छ ।

६. पुरुषमा मुटुरोगको खतरा बढी हुन्छ, जसलाई कम गर्नका लागि तपाईं ओखर खान सक्नुहुन्छ ।

 ओखरको सेवन कसरी गर्ने ?

– तपाईं ओखरलाई ब्रेकफास्ट वा स्न्याक्सको रुपमा खान सक्नुहुन्छ । ओखर खानुको सबैभन्दा राम्रो तरिका, त्यसलाई रातभरी भिजाएर राख्नुहोस् र बिहान उठेर यसको सेवन गर्नुहोस् । यसरी खाँदा तपाईंले ओखरको पूरा फाइदा पाउनुहुनेछ ।

– तपाईंलाई मनपर्छ भने केही ड्रिङ्क बनाएर त्यसमा ओखर मिसाएर खान सक्नुहुन्छ । तपाईं ओखरको स्मुदी वा शेक बनाएर पनि पिउन सक्नुहुन्छ वा जुसमा ओखर हालेर पनि खान सक्नुहुन्छ ।

– तपाईंले दुईदेखि तीनवटा ओखर राती भिजाएर राख्नुहोस् र बिहान भएपछि यसको सेवन गर्नुहोस् । यसैगरी तपाईं यसलाई बिहान ओट्समा मिसाएर पनि खान सक्नुहुन्छ ।

– कतिले ओखरलाई भुटेर त्यसलाई स्न्याक्सको रुपमा पनि खाने गर्छन् वा तपाईं सलादको रुपमा पनि ओखरको सेवन गर्न सक्नुहुन्छ ।

 ओखर खानुका हानीः

हुन त ओखर खानु हरेक तरिकाले फाइदाजनक हुन्छ र यसका केही खराब प्रभाव पनि हुनसक्छन् त्यसैले सही मात्रामा मात्रै यो खानुपर्छ । यदि तपाईंले चाहिने भन्दा बढी ओखर खानु हुन्छ भने यसले तपाईंको पेट दुखाउँछ । कतिलाई ओखरको एलर्जी पनि हुन्छ । यो बुझेर मात्रै खानुहोस् ।

यदि तपाईंलाई कुनै गम्भीर रोग लागेको छ भने पनि डाक्टरको सल्लाह पछि मात्रै ओखर खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप