शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तिमसम्म जगन्नाथले विचार गर्नुभएन भने पनि मेरो कुनै विद्वेष हुनेछैन : प्रचण्ड

बिहीबार, २२ वैशाख २०७९, २१ : ००
बिहीबार, २२ वैशाख २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धन दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने बताए । 

उनले भने–‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन । उहाँको अधिकार हो । उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ । चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ ।’

उनले यति बेला दुनियाँभरका शक्तिले भरतपुरमा ध्यान दिएको बताउँदै प्रचण्डलाई ठेगान लगाउने यही बेला हो भनेर देशी विदेशी शक्ति लागेको बताए । आफूलाई ठेगान लगाए अहिले आएको परिवर्तन उल्टाउन सकिने उनीहरूको विश्वास रहेको र त्यसलाई सफल हुन नदिन आग्रह गरे । उनले केपी ओलीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् नछोड्नुस, हाम्रो भोट पनि खनाइदिउँला भनेको उल्लेख गर्दै सो कुरामा भर नपर्न आग्रह गरे । उनले फेरी  एमालेसँग गठबन्धन गर्नतिर लागेर फेरि अर्को गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप