बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नीर, भुवन र रवीन्द्रले मागे काँग्रेसलाई भोट

बिहीबार, २२ वैशाख २०७९, १९ : २४
बिहीबार, २२ वैशाख २०७९

चुनावलाई लक्षित गरेर नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपाल सबैको मुखमा...’ सार्वजनिक गरिएको छ । भिडियो बिहीबार काठमाडौंको दरबारमार्गस्थित क्युज चलचित्र भवनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

काँग्रेसका प्रवक्ता प्रकाशशरण महत वरिष्ट अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले भिडियो सार्वजनिक गरे । युवा गायक कृष्ण विकले गाएको गीतमा महिला स्वरमा गायिका प्रीति आलेले साथ दिएकी छिन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत पनि भण्डारीकै छ । काँग्रेस प्रवक्त महतले अहिलेको समसामयिक सन्दर्भमा यो गीत निकै राम्रो बनेको बताए । जनतासँग जोडिने प्रभावकारी माध्यम नै गीत संगीत र चलचित्र भएको बताउँदै प्रवक्ता महतले चुनावमा जनतासँग नेता र पार्टीलाई जोड्न यस्ता गीतहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

वरिष्ट अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकासको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपि कोइरालाको भनाइलाई आफूहरुले शिरोधारण गर्दै काँग्रेसमा आवद्ध भएको बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यो गीत जनताको मुख मुखमा झुन्डिने बताए । यस्तै अभिनेता भुवन केसीले पनि सम्मान र कलाको हक हितका लागि आफूहरुले काँग्रेस पार्टी रोजेको बताए ।  नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दिएको बताएका केसीले त्यो योगदानको मूल्यांकन काँग्रेसले गर्ने भएपछि पार्टीमा प्रवेश गरेको बताए ।

सार्वजनिक ‘जय नेपाल सबैको मुखमा...,’का गायक कृष्ण बिकले अहिलेको अबस्थालाई मध्यनजर राखेर काँग्रेस तथा गठबन्धनको विजयको लागि यो गीत बजारमा ल्याएको बताए । यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको यो गीतको भिडियोमा काँग्रेसमा सम्लग्न विभिन्न कलाकार तथा भातृ संस्थाका पदाधिकारीको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप