शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बद्री र राधिकाले ल्याए गीत ‘जय नेपालको नाराले ’

शुक्रबार, २३ वैशाख २०७९, ११ : ३९
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका गीतसंगीत सार्वजनिक हुने क्रम बढेका छन् । यस्तैमा नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक भएको छ ।  सापकोटाको संगीत तथा स्वर रहेको गीतमा बद्रीलाई विमल राज क्षेत्री, राधिका हमाल, अञ्जु पोखरेल लगायतले स्वरमा साथ दिएका छन् । गीतमा शम्भु सापकोटा र जानुका पन्तको शब्द छ ।

बद्रीले लोक शैलीमा निकै मिठासपूर्ण तरिकाले गीत तयार गरेका छन् । काँग्रेसले गरेका कामहरुको वर्णन समेत गरिएको गीतले जनतालाई सुख दिने पार्टी नै काँग्रेस भएको बताएको छ । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा काँग्रेसको विभिन्न गतिविधिका भिडियो कलेक्सन गरेर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप