बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा जिंकको कमी हुँदा देखिन्छन् यस्ता ७ लक्षण

शनिबार, २४ वैशाख २०७९, १४ : १९
शनिबार, २४ वैशाख २०७९

शरीरमा पोषक तत्वको कमीका कारण धेरै रोग लाग्ने खतरा हुन्छ । त्यसैले खानामा शरीरका लागि आवश्यक पौष्टिक तत्व हुनु अति आवश्यक हुन्छ । शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ । जिंकले शरीरलाई स्वस्थ राख्ने मात्र काम गर्दैन, यसको सेवन मस्तिष्कका लागि पनि निकै उपयोगी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर २ अर्ब मानिस शरीरमा जिंकको कमीबाट पीडित छन् । शरीरमा जिंकको कमीले मांसपेशीमा क्षति पुर्याउँछ । जसका कारण तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । जसका कारण आँखा सम्बन्धी समस्या हुने खतरा पनि हुन्छ । शरीरमा जिंक पर्याप्त मात्रामा हुँदा संक्रमणसँग लड्न शरीरलाई फाइदा मिल्छ । जसका कारण तपाईंको दिमाग पनि तेजिलो रहन्छ । शरीरमा जिंकको कमी हुँदा केही लक्षण देखा पर्छन्, जसलाई बुझेर यसको कमी पूरा गर्न सकिन्छ । आउनुहोस् शरीरमा जिंकको कमीका लक्षणहरू र जिंकको कमी पूरा गर्ने टिप्सहरू बारे जानौं ।

शरीरमा पर्याप्त मात्रामा जिंक भएमा मोटोपनाको शिकार हुनबाट बच्न सकिन्छ । यसले तपाईंको दिमागलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउने  काम गर्छ । तपाईंको शरीरमा जिंकको कमीले तपाईंको शारीरिक विकासलाई असर गर्छ । जसका कारण प्रजनन प्रक्रियामा पनि समस्या आउन सक्छ । यदि तपाईंको शरीरमा जिंकको कमी छ भने तपाईले यी लक्षणहरू देख्न सक्नुहुन्छ ।

१. शरीरमा जिंकको कमीले गन्ध र स्वाद गुमाउन सक्छ ।

२. यस कारणले गर्दा तपाईको तौल अचानक घट्न सक्छ ।

३. शरीरमा जिंकको कमी भएमा झाडापखालाको समस्या हुनसक्छ ।

४. यसका कारण छालामा घाउ हुने समस्या पनि हुन्छ ।

५. जिंकको कमीका कारण तपाईंको कपाल झर्न थाल्छ ।

६. जिंकको अभावमा तपाईंको शरीरमा लागेको चोट वा घाउ छिट्टै निको हुँदैन ।

७. भोक नलाग्नु पनि शरीरमा जिंकको कमीको लक्षण मानिन्छ ।

शरीरमा जिंकको कमीलाई पूरा गर्ने खानेकुराहरू

शरीरमा जिंकको कमी भएमा धेरै गम्भीर समस्या हुन सक्छ । जसका कारण शरीरको विकास मात्र प्रभावित हुँदैन, दिमाग पनि कमजोर हुन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईले जिंकयुक्त खानेकुराको सेवन गर्नुपर्छ । राम्रो मात्रामा जिंक भएको खानेकुरालाई डाइटमा समावेश गरेर यस समस्याबाट बच्न सकिन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईंले आफ्नो आहारमा फ्ल्याक्स सिड्स, च्याउ, बदाम, एल्मोन्ड, अण्डाको पहेँलो भाग, सिमी, फर्सीको बीउ र कोको पाउडर समावेश गर्नुपर्छ । च्याउ, बदाम, तिल र दही जस्ता खानेकुरामा पनि पर्याप्त मात्रामा जिंक पाइन्छ ।

यदि शरीरमा जिंकको कमी छ भने यसले तत्कालै खासै गम्भीर समस्या ल्याउँदैन तर यदि यो कमी लामो समयसम्म रह्यो भने तपाईंले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन सक्छ । गर्भवती महिला वा सुत्केरी महिलाहरूले जिंकको कमीको कुनै लक्षण देखिएमा तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्छ । शरीरमा जिंकको कमी हुन नदिन विज्ञसँग परामर्श लिएर राम्रो मात्रामा जिंक भएको खानेकुरालाई आहारमा समावेश गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप