शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी रन्को : राष्ट्रियसभामा नमुना मतदान, तस्बिरमा हेर्नुहोस्

शनिबार, २४ वैशाख २०७९, १५ : ५०
शनिबार, २४ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीस्वरुप शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप नमुना मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो ।  सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

काठमाडौं महानगरपालिकाको मेयर पदमा मात्रै ५५ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा पाँच दलीय गठबन्धनबाट काँग्रेसकी सिर्जना श्रेष्ठ उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बालन शाहको पनि उस्तै चर्चा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप