चुनावी रन्को : राष्ट्रियसभामा नमुना मतदान, तस्बिरमा हेर्नुहोस्
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीस्वरुप शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप नमुना मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो । सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा मात्रै ५५ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा पाँच दलीय गठबन्धनबाट काँग्रेसकी सिर्जना श्रेष्ठ उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बालन शाहको पनि उस्तै चर्चा छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण