बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने

आइतबार, २५ वैशाख २०७९, ०७ : ४९
आइतबार, २५ वैशाख २०७९

लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । ३० वैशाख हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार यही वैशाख २८ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन । 

उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा ९व्यवस्था० निर्देशिका २०७८ को दफा ६ ९थ० बमोजिम पूर्ण निषेध गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप