ad
x

कश्यपको कथा : अति लोभका परिणाम

person explore access_timeबैशाख २५, २०७९ chat_bubble_outline0

कुनै समयमा पुरञ्जनपुरमा असमञ्जस नामका राजा थिए । उनले एकदिन राति सपनामा आकाशका झुण्डिएको सुन्दर शहर देखे । शहर जति सुन्दर थियो घर तथा महलहरू त्यति नै कलात्मक थिए । कतै स्वच्छ पानीको तलाउ थियो, कतै सुन्दर बगैँचाहरू देखिन्थे । कतै घोडातवला देखिन्थे कतै हात्तीसारहरू थिए । शहरको चार दिशामा चारवटा ढोका थिए, जहाँ एकपटक पसेपछि कोही पनि निस्कन चाहँदैनथे । जोजो निस्कन्थे उनीहरू पुनः फर्केर आउन भने सक्दैनथे ।


शहरको बीचमा नौ ढोके भव्य महल थियो । महल ठूलो थियो, विशेषता पनि त्यस्तै । महलको प्रत्येक ढोकाबाट निस्कँदा पुगिने संसार अर्कै हुन्थ्यो, जसले गर्दा प्रत्येक कामका लागि अलगअलग ढोकाबाट निस्कनुपथ्र्यो । कसैले पनि एउटा ढोकाबाट निस्केर एउटाभन्दा बढी काम गर्न सक्दैनथ्यो । जब राजा असमञ्जस यस्तो अद्भूत महलामा बसेर सुखसयल गर्दै थिए झल्याँस्स भए । भोलिपल्ट उनले राजसभा बोलाएर सपनाको दृष्य सुनाउँदै भने–



‘यस्तो अद्भूत सपनाको सन्देश के हुन सक्ला ? कतै अदृष्टले त्यस्तै शहर र महल बनाउनुपर्छ भन्न खोजेको त होइन ?’



राजाको कुरा सुनेर भारदारहरू सबैले एकै स्वरमा भने–



‘सपना भनेको सपना नै हो महाराज !, जुन कहिल्यै सत्य हुँदैन ।’



नजिकै बसेका राजगुरुलाई उनीहरूका भनाइ मन परेन र प्रतिवाद गर्दै भने–



‘यसमा मेरो असहमति छ । हरेक कार्यका कारण हुन्छ भने सन्देश पनि हुन्छ । मेरो विचारमा त्यस्तो शहर तथा महल बनाउन पनि सकिन्छ । महाराजले त्यसैको सन्देश पाउनुभएको हो ।’



भारदाहरू थप केही भन्न खोज्दै थिए राजाले बीचैमा रोकेर भने–



‘राजगुरुको कुरा ठीकै लाग्यो । आजैका मितिमा त्यस्तो शहर बनाउने जिम्मा उनैलाई दिन्छु । तत्कालै लागत स्टिमेट गरियोस् ।’

सबैलाई त्यो काम सम्भव छैन भन्ने थाहा थियो । फेरि बजेट कति लाग्ने हो त्यो पनि भन्न सकिने अवस्था थिएन । तैपनि राजा त्यस्तो कुरा सुन्ने पक्षमा थिएनन् । त्यसैले कनिकुथी लागत इष्टिमेट तयार गरी पेश गरियो । बजेटको रकम ठूलै थियो । तैपनि राजाले आनाकानी नगरी स्वीकृत गर्दै केही रकम निकासा गराई राजगुरुको जिम्मा दिए ।

रकम लिएर राजगुरु घरतिर लागे तर काम सुरू गर्नतिर लागेनन् । त्यस्तो काम सम्भव छैन भन्ने उनलाई थाहा थियो । तैपनि लोभका कारण अघि सरेका थिए । समय बित्दै गयो । गुरुले निर्माण कार्य सुरू गरेनन् । राजाले काम के हुँदैछ भनेर सोध्दा पनि चल्दैछ भन्दै टार्थे र थप रकम निकासा गराउँथे । हरेक कुराको अति हुन्छ । अति पार गरेपछि खति हुन करै लाग्छ । जब राजगुरुको हरकतले अति पार ग¥यो तब भारदारहरू त्यसलाई रोक्ने उपाय खोज्दै सोही देशका चतुर बाहुन चतुर्भुज शर्मा (चतुरे) समक्ष पुगे । भारदारहरूका कुरा सुनेपछि चतुरेले केही समय मागी उनीहरूलाई विदा गरे ।

त्यसको केही दिनपछि चतुरे व्यापारीको भेषमा राजा समक्ष गएर न्यायका लागि गुहार लगाए । राजाले तत्कालै राजसभा बसाएर व्यपारीलाई सम्बोधन गर्दै भने–

‘भन्नुस् महाशय ! के भयो र कस्तो न्याय चाहनुहुन्छ ?’

‘चोरी भो महाराज !’ व्यपारीले परिचय दिँदै भने–

‘गाउँको सामान्य व्यपारी हुँ । यसैको माध्यमबाट घरपरिवार चलाएको थिएँ तर केही दिन अघि मध्यरातमा केही चोर आएर पसलका समान लिएर लगे । त्यस दिनदेखि मेरो बिचल्ली भएको छ । त्यसैले उनीहरूलाई समातेर कारवाही गरिपाँउ भन्न चाहन्छु सरकार !’

‘कसले चो¥यो देख्नु भएको थियो ?’

‘खोइ के भनुँ सरकार ! देखेको छु भनुँ छैन भनुँ ।’

‘त्यस्तो पनि हुन्छ ?’

‘हुन्छ ? होइन, भयो सरकार !’

‘भन्नुस् न त ।’

‘अलि गाह्रो छ ।’

‘कस्तो कुरा ग¥या होला, भन्न पनि गाह्रो हुन्छ कतै  ?’

‘तत्काल त देखिन तर ...।’

‘के तर ?’

‘पछि देखेँ ।’

‘पछि भनेको कहिले ?’

त्यसैको भोलिपल्ट राति सपनामा ।’

‘ए ! चोर्न कोको आएका थिए त ?’

‘एउटा त सरकार आफैँ होइसिन्थ्यो अर्को राजगुरुलाई देखेको थिएँ ।’

उनको कुरा सुनेर राजाले रिसाउँदै भने–

‘धत् ! यस्तो पनि हुन्छ ? कस्ताकस्ता मानिस पनि आएर दिमाग खान्छन् भन्या ।’

‘किन र सरकार !’

‘सपनाको कुरा लिएर पनि न्याय माग्न आउने ? सपना भनेको सपना नै हो, कतै सपनाको  कुरा पनि सत्य हुन्छ ?’

‘माफी पाउँ सरकार !’ व्यपारीले दुई हात जोर्दै भने–

‘म त्यस्तो देशको नागरिक हुँ सरकार ! जुन देशका राजा आफैँ सपनाको कुरा लिएर अकाशमा झुण्डिने शहर बसाउन खोज्दैछन् । जब राजाले देखेका सपना सत्य हुन्छ भने मेरो सपना पनि सत्य नै हुनुपर्छ भन्ने लागेर न्याय माग्न आएको हुँ ।’

त्यसपछि राजालाई आफ्नो गल्ती महसूस भयो । उनले तत्कालै पूर्व निर्णय फिर्ता लिँदै भने–

‘तपार्ईँले आज मेरा आँखा खोलेर ठूलो गुन लगाउनु भयो । भन्नुस् के सेवा गरौँ ।’

त्यसपछि चतुरेले आफ्नो परिचय दिँदै भने–

‘यसैका लागि नै यस्तो नाटक गरेको हुँ । राजगुरुले अति लोभका कारण असम्भव कामलाई पनि सम्भव हुन्छ भनेका हुन् । अहिलेसम्म यसबारे कामै सुरू गरेका छैनन्, जबकि बजेट भने पूरै निकासा गराइसके । विश्वास नलागे सरकार आफैँ गएर हेर्न सक्नुहुन्छ ।’

त्यसपछि उनी आफैँ गएर हेरे । नभन्दै चतुरेले भने जस्तै पाए । त्यसपछि उनले राजगुरुलाई बरखास्त गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाए । उता चतुरेलाई भने यथोचित पारितोषिक दिएर विदा गरे ।

भारदारहरू चतुरेको जयगान गर्दै घरतिर लागे भने राजगुरु जेलमा बसेर पछुताउन लागे । यसरी राजगुरुले अति लोभका कारण सर्वस्व गुमाउन मात्र परेर आजीवन कारागारको हावा खानसमेत पर्‍यो ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।