शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

आइतबार, २५ वैशाख २०७९, १४ : २६
आइतबार, २५ वैशाख २०७९

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । 

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ । 

छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा  नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै उत्तरी छिमेकी देश चीनमा समेत कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सबैले सचेतना अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले बताइन् । 

स्थानीय तह निर्वाचनका लागि भीडभाड बढी हुने भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र चुनावी गतिविधि गर्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप