बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, २५ वैशाख २०७९, १५ : ४५
आइतबार, २५ वैशाख २०७९

सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । 

प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप