जुम्लामा १४ प्रतिशत महिला कर्मचारी खटिए, ६ जना मतदान अधिकृत

स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी प्रमुख गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ ।
चन्दननाथ नगरपालिकामा कार्यरत चण्डिका चौलागाईं चन्दननाथ नगरपालिका ४ मा भारतीस्थित अशोक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । पातारासी गाउँपालिकामा कार्यरत बिमा रोकायालाई भैरव मावि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खटाइएको छ । तिला गाउँपालिकामा कार्यरत जानकी हितानलाई श्री शम्भुनाथ ज्ञानकुञ्ज आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । जुम्ला जिल्ला अदालतमा कार्यरत बेतुना राईलाई संशर आधारभूत विद्यालय लोर्पामा रहेको मतदान केन्द्रमा पठाउँदा तिला गाउँपलिकामा कार्यरत झनमाया खत्रीलाई भैरवमावि नराकोटको मतदान केन्द्रमा अधिकृत तोकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयले प्रकाशन गरेको निर्वाचनमा खटिने कर्मचारीको सूचीअनुसार जुम्लामा यसपटकको मतदानका लागि १४ प्रतिशत मात्र महिला परिचालन भएको सहायक निर्वाचन अधिकृत तोयनाथ उपाध्यायले बताए । जुम्लामा दुई सय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारीसमेत छनोट गरिएको छ । उनका अनुसार पाँच सयभन्दा माथि मतदाता भएका मतदान केन्द्रमा पाँच जना र पाँच सयभन्दा मुनी मतदाता भएका केन्द्रमा चार जना कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा कम मतदाता छन् । सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने भएका छन् । प्रत्येक केन्द्रमा कर्मचारीसहित तीनजना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुनेछ । कार्यालय प्रमुख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...