शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङ र रोल्पामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

आइतबार, २५ वैशाख २०७९, २० : १९
आइतबार, २५ वैशाख २०७९

दाङ र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दाङको  घोराही उपमहानगरपालिका-११ भाइरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल शनिबार राति अनियन्त्रित हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार बस्ने २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

 यस्तै रोल्पाको माडी गाउँपालिका-४ रिचावाङस्थित सडकमा रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक परिवर्तन गाउँपालिका-५ राङकोट बस्ने ३० वर्षीय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप