
आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अमेरिकाज क्षेत्रका नेतृत्वले आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनको सम्मुखमा एक अपील जारी गर्दै अमेरिकाज क्षेत्रका अध्यक्ष केशव नेपाल, सचिव प्रकाश अधिकारी तथा क्यानडाका अध्यक्ष अध्यक्ष अशोक खड्का र नेपाली जनप्रगतिशील मञ्च अमेरिकाका तिलक केसीले संयुक्त अपील जारी गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारसहित लोकतान्त्रिक शक्तिहरूको ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी नेपालको लोकतान्त्रिक गणतन्त्रलाई सवल र संस्थागत गर्नका लागि योगदान गर्न अपिल गरिएको छ ।
अपीलमा भनिएको छ, ‘दोश्रोपटक स्थानीय निकायको निर्वाचन सन्निकट छ। यिनै निकायको र संसदको समेत पहिलो निर्वाचनपछि निर्वाचित सरकारका गैर लोकतान्त्रिक तथा भ्रष्टाचारजन्य जनविरोधी गतिविधिका कारण पुरानो सामन्तवादका पक्षधर शक्तिहरुले पुनः संगठित हुने, शक्ति आर्जन गर्ने र आन्दोलनबाट पराजित सामन्तवादी शक्तिलाई पुनःस्थापित गर्ने सपना देख्न थालेका सुनिन थालेको छ । यस्तो अवस्थामा जनयुद्ध र जनआन्दोलनकारी शक्तिहरु एकजुट भएर मात्र परिवर्तनलाई संस्थागत र सुदृढ गर्न सकिन्छ भन्ने हामी विश्वास गर्दछौं ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ