मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स

सोमबार, २६ वैशाख २०७९, १४ : ४९
सोमबार, २६ वैशाख २०७९

अनुपविक्रम शाही र आना शर्माको रोमान्समा फिल्म ‘मायाको माया’ बन्ने भएको छ । रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । फिल्मको मुहूर्तको जानकारी अभिनेता अनुपविक्रमले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

फिल्ममा अहिले अभिनेता राजेश हमाल पनि जोडिएका छन् । फिल्मका लागि हमालसँग निर्माण युनिटले हालै सम्झौता गरेको बताइन्छ । थोरै कलाकार राखेर काम गर्न लागेको फिल्म अंग्रेजी भाषामा बन्ने चर्चा छ । निर्माण टिमले पहिले राजेश हमालले गरेको भूमिकाका लागि सौगात मल्ललाई पनि प्रस्ताव गरेको थियो । तर सौगात मल्लसँग पारिश्रमिक कुरा नमिलेपछि हमाल भित्रिएका हुन् । फिल्ममा हमालको भुमिका के भने अहिले गोप्य राखिएको छ । 

फिल्मको केही दिनमा सम्पूर्ण कलाकार र प्राविधिक जानकारी गराइने निर्माण युनिटको योजना रहेको फिल्मका एक सदस्यले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप