शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा गृहमन्त्री हुँदा शान्तिपूर्ण जुलुसमा गोली चलाउनुभयो : ओली

‘म हैन देउवा नै तानाशाही’
सोमबार, २६ वैशाख २०७९, १८ : ४७
सोमबार, २६ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई केही फरक नपर्ने र पराजित गर्न नसक्ने बताएका हुन् । 

उनले काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै हिजो आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टीबाट निष्कासन गर्ने देउवा नै तानाशाही भएको टिप्पणी गरे । उनले ५० वर्ष काम गरेका कार्यकर्तालाई शेरबहादुरले पार्टीबाट निष्कासन गरेको भन्दै काँग्रेसका कार्यकर्ता धेरै सहनशील भएको बताए । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले शेरबहादुर देउवा गृहमन्त्री हुँदा १२२ जनालाई गोली हानेर मारेको आरोपसमेत बताए । प्रधानमन्त्री देउवालाई चुनौती दिँदै ओलीले भने, ‘शेरबहादुर लाई म भन्न चाहन्छु । शेरबहादुरजी केपी अ‍ोलीले गोलीका आँखा हुँदैनन् भनेर अन्धाधुन्ध गोली चलाउन कहिल्यै पनि लाएन ।’

उनले आफू गृहमन्त्री हुँदा एउटा पनि गोली नचलेको बताए । ‘केपी ओली गृहमन्त्री हुँदा एउटा पनि गोली चलेन । एउटा मान्छे मरिएन’, उनले आफू इतिहास सम्झन नचाहने तर देउवाले कोट्याएको भन्दै भने, ‘उहाँले त गृहमन्त्री हुँदा छोटो समयमा कुनै द्वन्द्व भएको थिएन, शान्तिपूर्ण जुलुसमा गोली चलाएर १२२ जना मान्छे झ्यालमा बसेकालाई मार्नुभयो, कौसीमा बसेकालाई मार्नुभयो, घरभित्र बसेकालाई मार्नुभयो ।’

उनले त्यसबेला कतिका टाउको फुटाएको र कतिका करङ भाँचेको भन्दै १२२ जनाको हत्या गरेकाले तानाशाही त्यसलाई भन्ने दाबी पनि गरे । उनले मदन भण्डारीको हत्याको छानबिन गरौँ भन्दा गोली हानेर २२ जना मारेको पनि बताए । उनले अहिले पनि देउवा आफू प्रधानमन्त्री हुन लोकतन्त्र धरापमा पार्ने काम गरेको बताए । उनले जनता मार्न हुँदैन भन्ने केपी ओली तानशाही हुँदैन भन्दै  शब्द र अर्थसहित बोल्न आग्रह गरे । ‘शब्द र अर्थसहित बोल्नुस् । हैन भने हजारौँ प्रमाण ल्याइदिन्छौ’, ओलीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप