
मालेका उपमेयरका उम्मेदवार काँग्रेसमा प्रवेश

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा मालेबाट उपमेयर पदको उम्मेदवार काँग्रेसमा प्रवेश गरेका छन् । उपमेयरका उम्मेदवार शिव प्रसाद लम्साल काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रवेश गराएका हुन् ।
लम्साल आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन गर्ने घोषणासहित पार्टी प्रवेश गरेको पौडेलले रातोपाटीलाई जानकारी दिए । आजै काँग्रेसले शुक्लागण्डकी वडा नम्बर ९ मा चुनावी सभा गरेको थियो । सो सभालाई नेता पौडेललगायतले सम्बोधन गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ