
नबिल बैंकद्वारा कर्मचारी परिवारका लागि छात्रवृत्ति कार्यक्रम सुरु
नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । नबिल बैकले सोमबारदेखि उक्त छात्रवृत्तिको सुरुवात गरेको हो । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् ।
उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
पुरस्कारको रकम रु. ५०,००० प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ